पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन

-


     क्लिक गण्डकी     
     भाद्र २३ गते २०८३ मा प्रकाशित


पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन

पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन

पोखरा, २३ भदौ/ पोखरा पर्यटन परिषद्को पदाधिकारी चयन तथा पदस्थापन भएको छ । परिषद्को २६औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट हरि भुजेल अध्यक्षमा निर्वाचित भएका थिए । समितिको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी चयन भएका छन् ।

उनी ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स गण्डकीका पुर्व अध्यक्ष हुन् । त्यसै गरी महासचिबमा मिलन तिवारी चयन भएका छन् । तिवारी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्सबाट प्रतिनिधित्व गरेका छन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा नारायणप्रसाद सुबेदी चयन भएका छन् । उनी ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

सचिवमा बाबुराम पाण्डे र सहकोषाध्यक्षमा शोभाकुमारी अधिकारी चयन भएका छन् । पाण्डे नेपाल टुरिस्ट भेहिकल एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने अधिकारी भिटोफ गण्डकीकी निर्वतमान अध्यक्ष हुन् । समितिको सदस्यमा जीवनराज सापकोटा र सुनिल भट्टराई रहेका छन् । त्यसै गरि निर्वतमान अध्यक्ष तारानाथ पहारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । पोखरा पर्यटन परिषद्मा पोखरामा रहेका पर्यटकीय संस्थाबाट प्रतिनिधित्व हुने गरेको छ ।

पदस्थापन गर्दै अध्यक्ष भुजेलले बाढीपहिरोका कारण नेपालबारे गएको नकारात्मक सन्देश गएको भन्दै नेपाल सुरक्षित रहेको सन्देश विदेश समम पुर्याउन आवश्यक रहेको बताए । उनले नेपालका धेरै पर्यटकीय गन्तव्य सुरक्षीत रहेकार जानकारी दिन सबै लाग्नु पर्ने बताए । यसका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको भनाई थियो । पोखरालाई वेलनेस र सांगीतिक गन्तव्यका रूपमा विकास गर्दै अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम ल्याउने योजना पनि उनले बताए। उनले समितिमा थप्न बाँकी सदस्यहरु पनि छिटै थपिने बताए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु अशोक पालिखे, गणेश भट्टराई, पोमनारायाण श्रेष्ठ, डम्बरबहादुर केसी लगाएतले नयाँ नेत्तृवलाई बधाई दिदै नेपालका पछिल्लो परिस्थितमा पोखराका पर्यटन परिषद्को महत्वपुर्ण भुमिका रहेनमा जोडदिएका थिए ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्न हवाई सम्पर्कलाई प्रभावकारी बनाउने र फ्लाई दुबईको उडान सफल पार्ने योजना पनि सस्था लाग्नु पर्ने बताए ।