पोखरा उद्योग वाणिज्य संघः २२ सय ७४ मत खस्यो, प्यानल मत क्रस भएपछि परिणाम रोमान्चक

-


     क्लिक गण्डकी     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


पोखरा उद्योग वाणिज्य संघः २२ सय ७४ मत खस्यो, प्यानल मत क्रस भएपछि परिणाम रोमान्चक

पोखरा उद्योग वाणिज्य संघः २२ सय ७४ मत खस्यो, प्यानल मत क्रस भएपछि परिणाम रोमान्चक

पोखरा, २१ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन अन्तर्गतको मतदान आइतबार सम्पन्न भएको छ । मतदानमा पदाधिकारी तर्फ २ हजार २ सय ७४ मत खसेको छ भने सदस्य तर्फ २ हजार १ सय ८ मत खसेको छ । २ हजार ७ सय ३१ जनाले मतदाता रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि अर्जुन पोखरे, उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम चुनावी मैदानमा छन् । बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा पदाधिकारीहरुका दुईवटा प्यानल बनेको छन भने अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्य एकल रुपमा अध्यक्षको प्रतिष्पर्धा उत्रिएका थिए ।

मतदान पछि चारै जनाको पक्षले आफ्नो पक्षले विजयी हुने दावी प्रस्तुत गरेका छन् । बलराम पक्षले ७ सय ३० मताका साथ आचार्य विजयी हुने दावी छ । शोभाका पक्षधरले ६ सय ५० मत भन्दा बढि मत ल्याउदै शोभा विजयी हुने बताएका छन् । त्यसै गरी उत्तम पक्षले पनि ६ सय ५० मै हारा हारीमा मत ल्याउदै विजयी हुने दावी छ । अर्का उमेद्वार अर्जुन पक्षले करिब ८ सयको हारा हारीमा मत प्राप्त गर्ने दावी छ ।

प्यानलको अध्यक्ष छाडेर अर्को अध्यक्षलाई समर्थन सहित मतदान गरेका कारण चुनाबी नतिजा कसको पक्षमा जान्छ भनेर सहज अनुमान गर्न नसकिने अबस्था रहेको मतदाताहरु बताउ छन् । चारजना अध्यका उमेदवारहरुबिचको कडा प्रतिष्पर्धा भैरहंदा प्यानल भत्किने आशंका र चर्चासंगै पदाधिकारीको नतिजा समेत मिश्रित रुपमा आउने अनुमान छ ।

बलराम आचार्य नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षको उमेदवार दिनेशचन्द्र बाँस्तोला, उद्योग तर्फको उपाध्यक्षमा ललितबहादुर कुँवर, बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ, महासचिबमा सुदीप प्रधानांग, उपमहासचिबमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु उमेदवार रहेका छन् ।

शोभा गौतमको प्यानलमा बरिष्ठ उपाध्यक्ष टिकाराम सुबेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, बाणिज्य तर्फका उपाध्यक्षमा भीम गौतम, महासचिबमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जिबनप्रकाश श्रेष्ठ, उपमहासचिबमा यादव प्रसाद पोखरेल उमेद्वार रहेका छन् । त्यसै गरी उपमहासचिब पदमा रामचन्द्र तिमिल्सिना कुनै पनि प्यानलमा देखिएका छैनन् ।

खुला सदस्यतर्फ १० जना चाहिनेमा १३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका उम्मेदवारहरूमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी छन् ।