पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल

-


     क्लिक गण्डकी     
     भाद्र १७ गते २०८३ मा प्रकाशित


पोखरा पर्यटन परिषदको अध्यक्षमा भुजेल

पोखरा पर्यटन परिषदको अध्यक्षमा भुजेल

पोखरा, १७ भदौ/ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको २६ औं साधारण सभा तथा १४ं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

भुजेलले कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै निवर्तमान प्रथम उपाध्यक्ष अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने भण्डारीले ११ मत प्राप्त गरे । ३ मत बदर भएको थियो ।

परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन् । परिषदको सदस्यहरुमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । परिषदको निर्वाचित कमिटीले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछ ।

यसैबिच पोखरा पर्यटन परिषद्को २६ औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनको नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गर्दै पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए ।

परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पनन भएको थियो । साधारण सभाले महासचिब जीवनराज सापकोटा र कोषाध्यक्ष बाबुराम पाण्डेका प्रतिबेदन पास गरेको छ ।