रेबान पोखराको सक्रियतामा राहत कोषमा १२ लाख २७ हजार बढी सहयोग

-


     क्लिक गण्डकी     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


रेबान पोखराको सक्रियतामा राहत कोषमा १२ लाख २७ हजार बढी सहयोग

रेबान पोखराको सक्रियतामा राहत कोषमा १२ लाख २७ हजार बढी सहयोग

पोखरा, १६ भदौ/ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ सहयोग गरिएको छ ।

भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रेबान पोखरा सहित पोखराका विभिन्न होटल तथा रेस्टुरेन्ट व्यवसायीले उक्त रकम संकलन गरेका हुन् ।

संकलिन रकमको विवरण रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बुझाए ।

रेबान पोखराले २१ वटा व्यवसाय तथा समूहबाट राहत कोषका लागि रकम प्रदान गरिएको छ । रेबान पोखराले मात्रै ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सबैभन्दा बढी टेम्पल ट्री रिसोर्टले २ लाख ११ हजार १ सय ११ रुपैयाँ, माउन्ट कैलाश रिसोर्टले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, टेम्पल बेल बुटिक रिसोर्टले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, बिजी बी क्याफे र लेक म्याजेस्टिक लेक फ्रन्टले १÷१ लाख रुपैयाँ, जर्मन बेकरीले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अध्यक्ष पौडेलले विपद्को समयमा प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले निजी क्षेत्रबाट सहयोग जुटाउने अभियानलाई निरन्तरता दिएको बताए ।

सहयोग प्रदान गर्नेमा जाभिस्टा क्याफे १० हजार, फेवा थकाली २५ हजार, सेन्ट्रल भिल्ला रिसेप्सन १५ हजार, कफी ब्रेक २५ हजार, किवी ब्याकपेकर ५१ हजार, सम्राट तन्दुरी १५ हजार बोमराङ रेस्टुरेन्ट २५ हजार, लक्ष्मण रेस्टुरेन्ट २५ हजार ५ सय ५५,

फेवा लेक रेस्टुरेन्ट १५ हजार, प्याराडिसो क्याफे एन्ड बार ५१ हजार, बी ह्याप्पी रेस्टुरेन्ट १५ हजार, माया पब रेस्टुरेन्ट २५ हजार, द वल्ड लान्हुआ चाइनिज रेस्टुरेन्ट २८ हजार र द वल्ड लान्हुआ चाइनिज रेस्टुरेन्ट स्टाफबाट ३० हजार गरी १२ लाख २७ हजार ७ सय ७६ रुपैया सहयोग प्रदान गरेका रेवानका महासचिब विरेन्द्र शेरचनले जानकारी दिए ।