पोखरामा एउटै शवमा तीन जनाको दावी

-


     क्लिक गण्डकी     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


पोखरामा एउटै शवमा तीन जनाको दावी

पोखरामा एउटै शवमा तीन जनाको दावी

पोखरा, १४ भदौ /भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । सबै शव सग्ला छैनन् ।

शवहरूको फोटो खिचेर डिस्प्लेमा राखेपछि सबैले त्यहीँबाट पहिचान गरेका हुन् । गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शव पोखरा ल्याइएको हो । केहीको हातमात्रै, केही खुट्टामात्रै छन् । धेरै शव सग्लो नभएका कारण पहिचानमा पनि मुस्किल भएको छ । एउटा शवमा त ३ परिवारले आफ्नो दाबी गरे ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शवको फोटो हेरेर ३ परिवारले उक्त शव आफ्नो आफन्तको भएको दाबी गरेका हुन् । हालसम्म उक्त शवको पहिचान हुन सकेको छैन ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘एउटै शवमा ३ जनाले दाबी गरे । अब त्यो शव कसको भन्ने पहिचान गर्न सकिएको छैन । डीएनए निकालिएको छ, डीएनए परीक्षणपछि थाहा होला ।