
ड्याडिज् किचनद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग
पोखरा, ११ भदौ/ नेपालको चेन रेष्टुरेन्टका रूपमा रहेको ड्याडिज् किचनले बाढी तथा विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग गरेको छ।
रेष्टुरेन्टले विपद्का बेला पीडित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
ड्याडिज् किचनले पोखरामा मात्रै चार स्थानबाट सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा समेत सेवा विस्तार गर्दै रेष्टुरेन्टले कुल २८ वटा आउटलेटमार्फत सेवा दिइरहेको सञ्चालक अशोक जंग कार्की जानकारी दियो ।
विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको ड्याडिज् किचनले जनाएको छ। साथै, अन्य व्यवसायी तथा संघसंस्थालाई समेत विपद् प्रभावितको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरिएको छ। प्रभावितको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरिएको छ।





