
भूकम्प
पोखरा, ३ भदौ/ पोखरा आसपासको क्षेत्रमा भएर गएराती भूकम्पको धक्का महसुस गरिएको छ । पोखरादेखि करिब ३० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर मंगलबार राति ४ म्याग्निच्युडको भूकम्प गएको छ।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले राति भूकम्प राति १ बजेर ४४ मिनेट जादा गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण कुनै ठूलो क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्प धक्का गएपछि केही राति नै उठेका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले भने यो समाचार तयार पार्दा सम्म कुनै अपडेट गरेको छैन । केन्द्रको फोन नम्बरमा पनि फोन उठेको छैनन ।





