पोखरामा जुवातास खेल्दै गरेका ६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     भाद्र २ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका–५ बरालचोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले भदौ १ गते साँझ करिब ६ बजे जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ५६ हजार ८ सय ३० तथा ५२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जुवातास तथा सट्टेबाजी जस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।