भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८३ मा प्रकाशित


भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट

भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट

पोखरा, २६ साउन/ भदौ महिनामा शनिबार र आइतबारको नियमित बिदासहित ११ दिन सार्वजनिक बिदा परेको छ। नियमित बाहेक ३ दिन सार्वजनिक बिदाका कारण तीनपटक लगातार ३ दिन सरकारी बिदा रहेको छ ।

भदौ १२ गते जनैपूर्णिमा छ। त्यसपछि भदौ १३ र १४ गते क्रमशः शनिबार र आइतबारको नियमित बिदा रहेको छ।

त्यस्तै, भदौ १९ गते कृष्ण जन्माष्टमी र २० र २१ गते शनिबार र आइतबार छ । त्यसैगरी, भदौ २७ र २८ गते शनिबार र आइतबारसँगै भोलिपल्ट २९ गते हरितालिका तीज परेको छ । त्यसै गरी ६ र ७ गते शनिबार र आइतबारको बिदा हुदाँ भदौमा ११ दिन बिदा परेको छ ।



Tags: