पोखरामा ब्राउन सुगरसहित दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८३ मा प्रकाशित


पोखरामा ब्राउन सुगरसहित दुई जना पक्राउ

पोखरामा ब्राउन सुगरसहित दुई जना पक्राउ

पोखरा, २६ साउन/ कास्की प्रहरीले पोखराका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर ९खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–८ अन्नपूर्ण मार्गमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–८ अन्नपूर्ण मार्गमा डेरामा बस्दै आएका ४३ वर्षीय रामप्रसाद आचार्य रहेका छन्।

प्रहरीका अनुसार उनको डेराकोठाबाट डिजिटल तराजुले तौल गर्दा ६ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, १ लाख ५५ हजार रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको छ।

यसैगरी, पोखरा महानगरपालिका–१० सृष्टि मार्गबाट पनि लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

गोरखा स्थायी घर भई हाल पोखरा–१० सृष्टि मार्गमा डेरामा बस्दै आएका ३२ वर्षीय नरेश गुरुङको डेराबाट डिजिटल तराजुले तौल गर्दा २२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।