पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ*त्यु

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २६ साउन/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ । पोखरा–२५ हेम्जा म्याग्दीचोक स्थित पोखरा–बागलुङ सडकखण्डमा ग१४प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय १६ वर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक म्याग्दीको धौलागिरी–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेका छ । उनको अवस्था मध्यम रहेको छ ।

प्रहरीले घाइते चालक र पछाडि सवार युवकलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको थियो । अनिललाई उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।