
जुवा तास
पोखरा, २६ साउन/ पोखरा महानगरपालिका–३२ घारीबाट जुवातास खेल्ने तथा खेलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ करिब ६ः१५ बजे घारी क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
सो क्रममा जुवातास खेल्ने–खेलाउने ११ जनालाई नगद ९२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





