पोखरा–८ मा मध्यराति तीन जना चोरले ढोका फोरेपछि ……

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८३ मा प्रकाशित


पोखरा–८ मा मध्यराति तीन जना चोरीले ढोका फोरेपछि

पोखरा–८ मा मध्यराति तीन जना चोरीले ढोका फोरेपछि

पोखरा, २६ साउन/ पोखरा महानगरपालिका–८, जाल्पा मन्दिर नजिकै भारती मार्गमा मध्यराति चोरीको प्रयास भएको छ। घरमा कोही नभएको मौका छोपेर तीन जना व्यक्तिले घरमा प्रवेश गरी चोरी गर्न खोजे पछि छिमेकील थाहा पाएका थिए ।

स्थानीय शान्ति सिग्देलका अनुसार मंगलबार बिहान करिब १ः३० बजेतिर तीन जना व्यक्ति घरमा प्रवेश गरेका थिए। उनीहरूले घरको ढोका फुटाउएर चोरी प्रयास गर्दा छिमेकीले गतिविधि थाहा पाएपछि चोरीको प्रयास असफल भएको हो।

घटनाबारे थाहा पाएपछि छिमेकीको घरमा भाडामा बस्नेले थाहा पाएका थिए । त्यसपछि बाहिर निस्किएर कराउँदै होहल्ला गरेपछि बरन्डामा रहेका तीनै जना व्यक्ति घरको कम्पाउन्ड हुँदै पश्चिमतर्फको गल्लीबाट भागेका थिए।

स्थानीयका अनुसार घटनाका बेला घर वरपर बत्ती बलिरहेको भए पनि उनीहरू चोरीको प्रयासमा थिए। छिमेकीले कराएपछि करिब राति २ बजेको समयमा उनीहरू भागेको बताइएको छ।

घटनापछि आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेराको राति १ः४० बजेदेखि २ बजेसम्मको फुटेज हेर्दा पश्चिमतर्फको गल्लीबाट भागिरहेको दृश्य भेटिन सक्ने स्थानीयको भनाइ छ।

स्थानीयले सीसीटीभीमा देखिएका तथा सो समयमा उक्त क्षेत्रमा हिँडडुल गरेका शंकास्पद व्यक्तिको पहिचान गरी प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।

स्थानीयवासीले टोलमा चोरीका घटना हुन नदिन सबैलाई आफ्नो घर तथा छिमेकको सुरक्षामा समेत सचेत रहन आग्रह गरेका छन्। ‘घटनाबारे थप अनुसन्धानका लागि प्रहरीलाई जानकारी गराइएको स्थानीयले बताएका छन्।