पोखरामा सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


पोखरामा सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ

पोखरामा सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ Ai photo

पोखरा, २४ साउन/ पोखराको छिनेडाँडा हाटबजारमा एक महिलाको सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ परेका छन्। शनिबार दिउँसो छिनेडाँडाको हाटबजारमा एक महिलाको करिब ६ तोलाको सुनको सिक्री चोरी गर्दै गर्दा ती युवा पक्राउ परेका हुन्।

हाटबजारमा भीडभाडको मौका छोपेर महिलाको घाँटीमा रहेको सुनको सिक्री निकाल्ने प्रयास गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। घटनापछि हाटबजार क्षेत्रमा केही समय भीडसमेत जम्मा भएको थियो।

पक्राउ परेका युवालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।