पोखराको रातोपैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०८३ मा प्रकाशित


पोखराको रातोपैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

पोखराको रातोपैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

पोखरा, ३ साउन/ पोखराको रातोपैह्रोमा सेती नदी थुनिएको छ। पोखरा–१७ र १५ को बिचमा रातोपैह्रोमा सेती नदी थुनिएको हो।

सधैँ डाँडाबाट करिब एक सय मिटर तल खोँच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको छ। करिब २ महिना अघि पनि सो ठाउँमा पहिरो खसेको थियो। यद्वपी त्यसले नदीको बहाव भनेको थुनेको थिएन।

तर, शुक्रबार फेरी त्यही ठाउँमा खसेको पहिरोले सेती नदीको बहाव नै थुनेर झरना बनेको उनले बताए। नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खस्दा नदी थुनिएको भनाई छ।

तर पहिरोले नदी थुनिएपछि ५०–६० मिटर माथिबाट झरना झरिरहेको छ। यसैबिच, प्रहरी र सशस्त्र प्रहरीको टोलीले थुनिएको नदीको अवलोकन तथा सम्भावित क्षतिको आङ्कलन गरेको छ।

थुनिएको भन्दा तल्लो क्षेत्रमा गहिराई धेरै भएकाले सो टोलीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्‍याउने निष्कर्ष निकालेको हो।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले थुनिएको सेती नदीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्‍याउने बताए।