
पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने चालक कारबाहीमा
पोखरा, १७ असार/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पोखराको अमरसिंह चोकस्थित पृथ्वी राजमार्ग सडकखण्डमा आकस्मिक ट्राफिक चेकिङ सञ्चालन गरेको छ।
चेकिङका क्रममा गलत लेन (रङ साइड) प्रयोग गरी सवारी चलाइरहेका १२० जना चालकलाई प्रचलित ट्राफिक नियम अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
ट्राफिक प्रहरीले लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सबै चालकलाई तोकिएको लेनमै सवारी सञ्चालन गर्न आग्रह गरेको छ। साथै, यस्ता आकस्मिक ट्राफिक चेकिङ अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाएको छ।





