बेनी जोमसोम सडकको महभिरमा पहिरो, पोखरा आउदै गरेको गाडी पुरिदा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार १० गते २०८३ मा प्रकाशित


शव

पोखरा, १० असार/ बेनी जोमसोम सडकको महभिरमा पहिरो जादाँ गाडी सहित पुरिएर एक जनाको मृत्यु भएको छ ।


कोरला नाकाबाट भित्रिएको गाडी लिएर पोखरा लिएर आउदै गर्दा इभि गाडी सहित चालक पुरिएका थिए ।

गाडी चालक बिरगञ्ज महानगरपालिकाका अन्दाजी २३ वर्षीय सोहिल मियालाई पहिरोबाट निकाले अस्पताल लगिएको थियो ।

उनको बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।