
रामप्रसाद खनाल
पोखरा, १० असार/ होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ ।
जाउँ है पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मश्तिष्कघात भई उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा बुधबार खनालको निधन भएको हो ।
मश्तिष्कघात भएर ढलेपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । त्याहाँ उपचार हुन नसकेपछि उनलाई भैरहवा लगिएको थियो ।
गोर्खा आरुघाटका ४१ वर्षीय खनालका श्रीमती र एक छोरी छन् । यस दुःखद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले शोक विज्ञप्ती जारी गरेका छन् ।





