
पाैडी डुवेर
पोखरा, ९ असार/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् । उनी साँझ ७ बजेतिर फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली फेवाताल पुगेको थियो ।
टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट उनको शव निकालेको हो । उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको छ ।





