पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

-


     क्लिक गण्डकी     
     असार ५ गते २०८३ मा प्रकाशित


पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

पोखरा, ५ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप २३ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बुधबार राति गरिएको विशेष चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरिएका सवारी साधनहरू नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले ४ वटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले हालसम्म ‘अप्रेशन ३६५’ अन्तर्गत ७१२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सवारीधनीहरूलाई सवारी साधनको मूल स्वरूप परिवर्तन नगर्न तथा पूर्ववत् अवस्थामै सञ्चालन गर्न आग्रह गरेको छ। साथै मोडिफिकेसन गर्ने ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन गरी सञ्चालन गरेको पाइएमा सवारीधनी र त्यसमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानून बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।