कक्षा १२ को नतिजामा मदरल्याण्डका ११ जना विद्यार्थीलाई ३.९६ जिपिए

-


     क्लिक गण्डकी     
     असार ५ गते २०८३ मा प्रकाशित


कक्षा १२ को नतिजामा मदरल्याण्डका ११ जना विद्यार्थीलाई ३.९६ जिपिए

कक्षा १२ को नतिजामा मदरल्याण्डका ११ जना विद्यार्थीलाई ३.९६ जिपिए

पोखरा, ५ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनीक गरेको कक्षा १२ नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका नतिजामा मदरल्याण्ड माबि पोखरा ७ मासबारका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन् ।

परीक्षामा संलग्न ४०७ विद्यार्थी मध्ये १० जना विज्ञान र १ जना व्यवस्थापनका विद्यार्थीले ३.९६ जिपिए ल्याएका हुन् ।

त्यसै गरी २०८ जनाले ३.६० भन्दा माथीको जिपिए, १४३ जनाले ३.२० देखी ३.६० सम्म, ४६ जनाले २.८० देखी ३.२० सम्म र ४६ जनाले २.४२ देखी २.८० सम्मको जिपिए प्राप्त गरी ४०३ जना अर्थात ९९.०२ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुन सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालयले सदैव उत्कृष्ट नतिजाको क्रियशिल शिक्षक शिक्षिका तथा हरदम सहयोग गर्नुहुने अभिभावकलाई पनि धन्यवाद तथा आभार व्यक्त गरेको छ । मदरल्याण्डले अघिल्ला वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको थियो ।