
पोखराको बुलौदीमा दुर्घटना
पोखरा, २८ जेठ/ पोखरा ६ बुलौदी दुर्घटना भएको छ । ग १६ प ९८७८ नम्बरको मोटर साइकल चालकले नियन्त्रण गुमाई सडको बिचमा रहेको डिभाईडरमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा परि पोखरा महानगरपालिका ११ फुलबारीका ३४ बर्षिय दिलिप बिक घाईते भएका छन् । उनको अवस्था सिरियस रहेको छ । उनको गण्डकी मेडिकल कलेज उपचारका लािग पठाएको थियो ।
उनको टाउकोमा चोट लागेको र अहिले सम्म बोल्न नसकेको वडा प्रहरी कार्यालय बैदामका डिएसपि नवराज भट्टराईले जानकारी दिए । राति करिब साढे ३ बजे भएको दुर्घटना पछि प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल लगेका थिए ।
घटना भएको करिब १० मिनेटमा नै प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको सामुदायीक प्रहरी केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले बताए । बुलौदीमा दैनिक जस दुर्घटना हुने गरेको भन्दै बरालले त्यस ठाउँमा दुर्घटना घटाउनका लागि सबै लाग्नु पर्ने बताए ।





