पोखरामा घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८३ मा प्रकाशित


पोखरामा घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ

पोखरामा घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ

पोखरा, २३ जेठ/ पोखरा महानगरपालिका–२६ माझको डाँडा क्षेत्रमा एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा २६ का धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर मुख्य ढोका, कोठाको ताल्चा तथा दराज तोडफोड गरी धनमाल चोरी गर्ने प्रयास भइरहेको अवस्थामा स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले प्रक्राउ गरेको हो ।

सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले घटनाबाट भाग्दै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–११ निवासी ३६ वर्षीय राजन तामाङ रहेका छन्।

प्रहरीले उनको साथबाट ताल्चा तोडफोड गर्न प्रयोग गरिने फलामको औजार समेत बरामद गरेको जनाएको छ।

घटनापछि पक्राउ परेका तामाङविरुद्ध चोरी तथा डाँका उद्योग सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।