
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार युवाको निधन
पोखरा, १८ जेठ/ पोखरामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक किशोरको ज्यान गएको छ ।
पोखराको न्युरोडमा आइतबार दिउँसो ग१८प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १०प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १७ वर्षीय किशोरको निधन भएको हो ।
दुर्घटनामा परेर पोखरा ११ फुलबारी घर भएका १७ वर्षीय सिर्जन तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तिवारीलाई तत्काल उद्धार गरेर उपचारका लागि न्युरोडकै पद्मश्री हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो।
]तर मणिपालले घाइते तिवारीको क्रममा मृत घोषणा गरेको हो । दुर्घटना लगत्तै सडकमा बजारिएका तिवारीको टाउमा गम्भिर चोट लागेको थियो ।





