पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा डोजरले भत्काउदै

-


     क्लिक गण्डकी     
     जेठ १४ गते २०८३ मा प्रकाशित


पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा डोजरले भत्काउदै

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा डोजरले भत्काउदै

पोखरा, १४ जेठ/ पोखरा पृथ्वीचोकस्थित जग्गामा बनेका संरचना पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काउएको छ । पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ ।

सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा र सार्वजनीक शौचालयका संरचनामा डोजर लगाएर हटाएको हो ।

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए ।

नेकपा निकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो । यहाँका संरचना हटाएर सडक चौडा गराउने पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मरासिनीले बताए ।

हङकङ बजारको अगाडि डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो ।

पोखरा महानगरपालिकाले अहिले फिर्के खोलामा बनेका संरचनाहरु पनि भत्काइ रहेको छ । अहिले सम्म १ सय १० वटा स्थायी र अस्थाइ संरचना भत्काएको पोखरा महानगरपालिका मयेर धनराज आचार्यले बताए ।