फिर्केखोलामा डोजर अभियानबाट १०५ संरचनाहरु भत्काइए

-


     क्लिक गण्डकी     
     जेठ १४ गते २०८३ मा प्रकाशित


फिर्केखोलामा डोजर अभियानबाट १०५ संरचनाहरु भत्काइए

फिर्केखोलामा डोजर अभियानबाट १०५ संरचनाहरु भत्काइए

पोखरा, १४ जेठ/ फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको चौँथो दिन साना ठुला गरी २३ वटा संरचनाहरू हटाइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ र २ को सिमाना क्षेत्रमा ८ वटा संरचनाहरू हटाइएको छ भने, वडा नम्बर ४ र ५ को क्षेत्रमा १ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।

वडा नम्बर ७ र ८ मा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ । यसरी चौँथो दिनसम्म आइपुग्दा १०५ वटा संरचनाहरू खोला घरबाट हटाइएको छ ।

खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । नेपाल पहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएका छन् ।

फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ । साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिनेछ ।