एसइईमा पोखराको मदरल्याण्डका १२ जनाको ४.० जिपिए

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८३ मा प्रकाशित


कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना

मदरल्याण्ड

पोखरा, २९ वैशाख/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्ष १२ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् ।
सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा मदरल्याण्डबाट अहिलेसम्मकै धेरै १२ जनाले उच्चतम ४.० जिपिए ल्याउन सफल भएका हुन् । २०८१ सालमा ११ जना र २०८० सालमा १० जनाले ४.० जिपिए आएको थियो ।

यसपालिको एसइईमा विद्यालयका १ सय ६३ जना सम्मिलित भएका थिए । तीमध्ये ३.६ देखि ४.० जिपिएसम्म आउने मात्रै १ सय २४ जना छन् ।

यसैगरी, ३.२० देखि ३.६० जिपिएसम्म आउने विद्यार्थीको संख्या ३० छ । बाँकी ९ जनाको ३.०३ देखि ३.२० भित्र आएको मदरल्याण्डका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

उच्चतम ४.० जिपिए ल्याउने १२ विद्यार्थीहरुमध्ये ७ जना छात्रा र ५ छात्र हुन् । ४.० जिपिए ल्याउन सफल विद्यार्थीहरुमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहेको आचार्यले जानकारी दिए ।

पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले यसबाहेक समय–समयमा नेपाल सरकारका विभिन्न निकायबाट वेस्ट स्कुल अवार्ड समेत प्राप्त गर्दैआएको छ । गत वर्षको कक्षा १२ को नतिजामा विद्यालयका एकैचोटि १२ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ जिपिए ल्याउन सफल भएका थिए । जसमा विज्ञानका ८ र व्यवस्थापन संकायका ४ जना थिए ।

मदरल्याण्ड त्यहीँ विद्यालय हो, जसले काठमाडौं उपत्यका बाहिर रहेर पनि विभिन्न नतिजामा ‘नेपाल टप’ गर्दै आएको छ ।
२०८० सालमा कक्षा १२ को नतिजामा यहाँबाट जीवन अधिकारी, कृतिका थापा र राजेश पौडेल तथा ०८१ मा सदीक्षा क्षत्रीले कक्षा १२ मा नेपाल टप गरेका थिए ।

विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै प्राचार्य डा. नारायण बरालले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।



Tags: