पोखरामा पौडी खेल्ने क्रममा डुबेर चिकित्सक उप्रेतीको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २८ गते २०८३ मा प्रकाशित


डा. अमिर उप्रेती

डा. अमिर उप्रेती

पोखरा, २८ बैशाख/ पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डा. अमिर उप्रेतीको एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको हो ।

साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । मृतक उप्रेतीको शव पोस्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइ सकिएको छ ।