पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिने १६ महिला पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ६ गते २०८३ मा प्रकाशित


पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिने १६ महिला पक्राउ

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिने १६ महिला पक्राउ

पोखरा, ६ वैशाख/ पोखरा ६ लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने १६ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

लेकसाइड क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप बढ्दै गएको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको भन्दै स्थानीय बासिन्दा र पर्यटकहरूबाट गुनासो आएको थियो ।

पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्ने जस्ता कार्यमा केही व्यक्तिहरू सक्रिय रहेको प्रहरीको भनाई छ ।