
पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ
पोखरा, १ बैशाख/ पोखराको सभागृह चोकमा भएको सृजना पौडेल केसीको हत्या प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको सूक्ष्म अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
चैत २५ साझँ ८ सभागृह चोक नजिक ४२ वर्षीया सृजना पौडेल केसी माथि धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उनी कास्कीको जिरो किलोमिटर घर भई हाल पोखरा–१८ सेदी बस्दै आएकी थिइन्।
उक्त घटनामा यसअघि दुई जना मुख्य प्रतिवादी पक्राउ परिसकेका थिए। उनीहरूको बयान तथा घटनाको विस्तृत अनुसन्धानका क्रममा थप दुई जनाको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–११, पर्वत घर भई पोखरा महानगरपालिका–५, जिरो किलोमिटर बस्ने बसन्त केसी र पर्वत फलेवास नगरपालिका–९, भंगारा घर भई पोखरा महानगरपालिका १६, लामाचौर बस्ने नवराज पौडेल क्षेत्री रहेका छन् ।
प्रहरीले केही दिन पहिले हत्या आरोपमा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई नियन्त्रणमा लिएको थियो ।





