पोखरामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, प्रहार गर्ने मोटरसाइकल चढेर फरार

-


     क्लिक गण्डकी     
     चैत्र २५ गते २०८२ मा प्रकाशित


पोखराको सभागृहचोकमा महिलाको हत्या

पोखराको सभागृह चोकमा महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

पोखरा, २५ चैत/ पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती युवतीमाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल चढेर भागेको प्रत्यक्षदर्शीले बताए ।

हत्या हुनेमा पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले बताए । प्रहारबाट उनी चिच्चाउँदै ढलेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्नको खोजी भइरहेको बताए । घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरुको भिडभाड छ । प्रहरीले थप अनुसन्धान र प्रहार गर्नेको खोजी गरेको छ ।