
पोखराको सभागृह चोकमा महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर
पोखरा, २५ चैत/ पोखरा सभागृह चोकमा एक महिलालाई धारिलो हतियार प्रहार गरी फरार भएका छन् । पोखरा ५ मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरीले जानकारी दिएको छ ।
हतियार प्रहारबाट मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएको र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सभागृह चोकमा बुधबार ७ बजे एक अपरिचित पुरुषले केसीलाई धारिलो हतियार प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको छ ।
प्रहरीले घटनास्थलमा थप अनुसन्धान गर्दै हतियार प्रहार गर्ने पुरुषको खोजीकार्य तीव्र पारेको छ । थप विवरण आउँदै । सच्याएको





