
शव
पोखरा, ३ चैत/ पोखरा महानगरपालिका–१४ स्थित विजयपुर खोलामा एक पुरुषको शव भेटिएको छ ।
पर्वतको मोदी गाउँपालिका–९ देउपुर घर भएका ५१ वर्षीय आईत बहादुर नेपाली मृत अवस्थामा भेटिएका हुन् ।
उनी मंगलबार मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।





