महावीर पुनमाथि अभद्र व्यवहारको आरोपमा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०८२ मा प्रकाशित


महावीर पुनमाथि अभद्र व्यवहारको आरोपमा एक जना पक्राउ

महावीर पुनमाथि अभद्र व्यवहारको आरोपमा एक जना पक्राउ

पोखरा, २८ फागुन/ नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटनका विकास गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले बताए ।

पृथ्वीचोक स्थित महावीर पुन लगायतको टिमले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।