पोखरामा जुवातास खेल्ने ५ जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन २५ गते २०८२ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २५ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १९ अकलादेवीस्थित जुवातास खेलिरहेको अवस्थामा ५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २३ गते जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट नगद ९९ हजार ८ सय ५५ र १ बुक तास समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।