कास्कीमा ३ दशमलब ९० प्रतिशत मत बदर

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०८२ मा प्रकाशित


कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी

कास्की तीन वटै क्षेत्रमा

पोखरा, २३ फागुन/ कास्कीमा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा ३ दशमलब ९० प्रतिशत मत बदर भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा खसेको कुल मत मध्ये ३ दशमलव ९० प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ ।

२०७९ को निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएकोमा यस निर्वाचनमा कम बदर भएको निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । उनले दुई वटा मात्र मतपत्र हुनु, मतदाता शिक्षा प्रभावकारी हुनु लगाएतका कारणले मत बदर कम भएको बताए । २०७९ को निर्वाचनमा प्रदेश सभाको निर्वाचन पनि सँगै हुदाँ चार वटा मतपत्र थिए ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कास्कीका तीन वटै क्षेत्रमा कुल १ लाख ८८ हजार ७६ मत खसेकोमा ७ हजार ३ सय ४२ मत बदर भएको थियो । कास्की १ मा ७० हजार १ सय ५० मत खसेकोमा २ हजार ७ सय ४० मत बदर भएको छ । यो क्षेत्रमा सबै भन्दा बढि ३ दशमलब ९१ प्रतिशत मत बदर भएको छ ।

त्यसै गरी कास्की २ मा ६५ हजार ४ सय ७ मत खसेकोमा १ हजार ८ सय ४४ मत बदर भएको छ । कास्की ३ मा ६५ हजार ४ सय ७ मत खसेकोमा २ हजार ७ सय ५८ मत बदर भएको छ । कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन् ।