फेवातालमा राति २ बजे कार खस्यो, चालकको ज्यान गयो

-


     क्लिक गण्डकी     
     फागुन २ गते २०८२ मा प्रकाशित


फेवातालमा राति २ बजे कार खस्यो, चालकको ज्यान गयो

फेवातालमा राति २ बजे कार खस्यो, चालकको ज्यान गयो

पोखरा, २ फागुन/ पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ । सशस्त्र प्रहरी बल कालिका गणका अनुसार गए राती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला ५ घर भई पोखरा ७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङले ज्यान गुमाएका हुन् ।

पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणका गणपति वसन्त बहादुर सिंहको कमान्डमा गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा करिब साढे ४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।