टाइगर कप भलिबलः एपिएफ, त्रिभुवन आर्मी र न्यु डायमण्ड विजयी

-


     क्लिक गण्डकी     
     माघ १० गते २०८२ मा प्रकाशित


टाइगर कप भलिबलः एपिएफ, त्रिभुवन आर्मी र न्यु डायमण्ड विजयी

टाइगर कप भलिबलः एपिएफ, त्रिभुवन आर्मी र न्यु डायमण्ड विजयी

पोखरा, ९ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लव च्याम्पियनसिपमा एपिएफ, त्रिभुवन आर्मी क्लब र महिला तर्फ न्यु डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुरुषतर्फ एपिएफले गण्डकी प्रदेशलाई एपिएफ ३–१ को सेटमा हरायो । एफिएफले २६–२४, २७–२५, १९–२५ र २५–२१ को सेटमा हरायो ।

अर्को खेलमा आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।

महिलातर्फ आर्मी न्यु डायमण्डसंग पराजित भयो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्यो ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लाराज भट्टले गरेका थिए ।

च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।