
पोखरा महानगरपालिकाको १८ औँ नगरसभा, पुस मसान्तसम्म रहेको कर छुटको समयसीमा चैत्र मसान्तसम्म थप
पोखरा, ३० पुस/ पोखरा महानगरपालिकाको १८ औँ नगरसभाले पुस मसान्तसम्म रहेको कर छुटको समयसीमा चैत्र मसान्तसम्म थप गरेको छ ।
बुधबार सम्पन्न नगरसभाले समयसीमा थप गरेको हो । अहिले महानगरमा कर तिर्न जादाँ सफ्टेयर ढिलो नचलेका कारण तिर्न पाएका छैनन् ।
त्यसै गरी नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०८२ को प्रथम संशोधन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दोस्रो संशोधन, पोखरा महानगरपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२, पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ पहिलो संशोधन र बजेट पुनरावलोकन, रकमान्तर तथा पुनर्निर्माण सम्बन्धी विधेयक स्वीकृत गरेको छ ।
यस्तै नगरसभाले बेरुजु फर्छ्यौट, न्यायिक समिति, सार्वजनिक लेखा समिति र विधायन समितिको अर्धवार्षिक प्रतिवदेनहरुमाथी समेत आवश्यक छलफल गरेको छ ।





