कास्की प्रहरीले चोरीका स्कुटरसहित ५ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८२ मा प्रकाशित


कास्की प्रहरीले चोरीका स्कुटरसहित ५ जना पक्राउ

कास्की प्रहरीले चोरीका स्कुटरसहित ५ जना पक्राउ

पोखरा, १९ कात्तिक/ कास्की प्रहरीले पोखराका विभिन्न स्थान र मितिबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरूको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा पाँच जनालाई चोरीका स्कुटरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चोरी भएका ग ९ प ८७६१ नंम्बरको स्कुटर र ग १५ प ५२३७ नम्बरको स्कुटर फेला पारी ती स्कुटर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको अर्को प्रहरी टोलीले ग ४ प ७६८४ नम्बरको चोरी भएको स्कुटरसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पोखरा ३३ का शेर बहादुर पुन मगर, पोखरा ५ का अजय नेपाली, पोखरा २० का सुदिप परियार, पोखरा २१ का सुशिल गुरुङ, पोखरा ११ का सुदिप परियार र पोखरा १३ का रोशन परियार रहेका छन् ।

प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको र चोरीका अन्य घटनामा समेत उनीहरूको संलग्नता भए नभएको बारे अनुसन्धान गरिरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।