बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको निःशुल्क उपहार कार्यक्रम

-


     क्लिक गण्डकी     
     असाेज ५ गते २०८२ मा प्रकाशित


बुद्ध विशाल बजार

बुद्ध विशाल बजार

पोखरा, ५ असोज/ चाडपर्वलाई लक्षित गरि पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क उपहार योजना कार्यक्रम ल्याएको छ । एशोसिएसनले उपहार कार्यक्रम भदौ २२ गतेदेखि मंसीर २७ गतेसम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो ।

एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले उपहार कार्यक्रम अन्तरगत मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने छ भने बम्पर उपहारमा २० हजारको सपिङ भौचर ५ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहाकार केशव बहादुर खत्रीले करीब चार दशक भन्दा लामो व्यवसायिक विरासत बोकेको पोखराको व्यपारिक थलो बुद्ध विशाल बजारले नाफामुखी भन्दा पनि गुणस्तरीय सामानहरु बिक्री गरेर सेवाको रुपमा व्यवसाय गरिरहेको बताउदै चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताए ।

मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने उक्त्त उपहार कार्यक्रमको जानकारी एशोसियसनको अफिसको सुचना पाटी र संचार माध्यम मार्फत गराइने संस्थाका महासचिव थमनसिंह गुरुङले जानकारी दिए ।

२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा १ सय ९१ सदस्य रहेका छन् । फेन्सी, कष्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगागतका सामान खरिद र बिक्री हुने गरेको बुद्ध विशाल बजारमा ३५ सय देखि ४ हजारलाई प्रत्यक्ष रोजगारी मिलेको छ ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा सञ्चालित ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तर्गत पहिलो मासिक विजेताहरु छानिएका छन् । एसोसिएसनको कार्यालयमा आईतबार एसोसिएसनको कार्य समितिले मासिक उपहार विजेता सार्वजनिक गरेको हो । मासिक विशेष उपहारअन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरमा ५२७०६,५३६६६,५७०६०,६३६२३ रहेका छन् ।

यस्तै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनुहुने प्रति दुःख ब्यक्त गर्दे पोखरामा भएका व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र संयमित हुन उद्योगी व्यवसायीहरुमा आग्रह पनि गरेका छन् ।