असोज १ गते शोक दिवस मनाउन सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     भाद्र ३१ गते २०८२ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, ३१ भदौ/ सरकारले असोज १ मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय भएको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३ सय १६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २ सय ८३ जना उपचाररत छन् ।

सरकारले गरेका ९ निर्णयमा मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्च वापत ५ लाख दिने भएको छ ।



Tags: