पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा

-


     क्लिक गण्डकी     
     भाद्र २८ गते २०८२ मा प्रकाशित


पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा

पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा

पोखरा, २८ भदौ/ पोखरामा केही दिन देखी लगाइएको कफ्र्यू तथा निषोधाज्ञा हटाइएको छ ।

जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ९ बजेदेखि लागू हुनेगरि कफ्र्यू तथा निषेधाज्ञा हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

जेन–जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर दिऊसोमा निषेधाज्ञा र राति कफ्र्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न सबै सरोकारवाला सँग अनुरोध गरेकी छन् ।