गण्डकी सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

-


     क्लिक गण्डकी     
     भाद्र २८ गते २०८२ मा प्रकाशित


चौबीस घन्टामा सबैभन्दा बढी पानी कास्कीको रिभान, १७ ठाउँमा भारी वर्षा

पोखरा, २८ भदौ/ मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेका कारण दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख गरेको छ । गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।