पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०८२ मा प्रकाशित


पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै

पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै

पोखरा, २६ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । बिहीबार जिल्ल प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो ।

बिहीबार बेलुका ७ बजे देखी शुक्रबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शुक्रबार बिहान ४ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।

जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्न सेनाले निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ ।