
जेनजीको आन्दोलनले पोखरामा के के भयो
पोखरा, २४ भदौ/ भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा मंगलबार पनि जारी छ ।
सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।
सरकारी दमनको विरोधमा मंगलबार पनि बिहानैदेखि पोखरामा पनि प्रर्दनशन भएको छ । सरकारी दमनको विरोध र जेन–जी आन्दोलनको पक्षमा पोखरामा कहाँ कहाँ के के भयो ।
पोखरा महानगरपालिकामा आगजनी
पोखरा महानगरपालिकामा आगजनी भएको छ भने सवारी साधन मोटरसाइकल र गाडीमा आगोलगाएका छन् ।
पोखरा इभेन्ट सेन्टरमा आगजनी
पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको पोखरा इभेन्ट सेन्टरमा आगोजनी गरेका छन् । आगजनीबाट इभेन्ट सेन्टर पुर्ण रुपमा ध्वस्त छ ।
एमाले पार्टी कार्यालयमा आगजनी
नेकपा एमाले कास्कीको पार्टी कार्यालयमा आगजनी गरेको छ ।
गण्डकीका मन्त्री विन्दुकुमार थापाको घर र होटलमा आगजनी
गण्डकी प्रदेशका सामाजीक तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको नयाँ बजारको घर र लेकसाइडको होटलमा आगजनी भएको छ ।
अख्तियार र पर्यटन मन्त्रालयमा आगजनी
पोखरा ७ मासबारमा रहेको गण्डकी प्रदेशको पर्यटन मन्त्रालय र अख्तियारको कार्यालय आगजनी गरेका छन् ।
नेपाल टेलिकमको कार्यालयमा आगजनी
नेपाल टेलिकम महेन्द्रपुलको रहेको कार्यालयका तोड्फोड् गरेको छ ।
मन्त्रीको राजीनामा
गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएका हुन् ।
पार्टीको निर्देशन र आफ्नो विवेकका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।
बाबुराम भट्टराईको पार्टीबाट निर्वाचित भएर मन्त्री भएका उनको राजीनामा पत्र भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् ।





