पोखरामा विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८२ मा प्रकाशित


पोखरामा विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी

पोखरामा विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी

पोखरा, २४ भदौ/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा बिहान १० बजेदेखि लागू हुने गरी कफ्र्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विज्ञप्ती जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेकी हुन् ।

पोखरा महानगरपालिकाका ९, २, १ र ६ नम्बर वडा पर्छन् । यी क्षेत्रमा कफ्र्यु अवधिभर धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

सोमबार जेनजी आन्दोलनका क्रममा काठमाडौं, पोखरा लगायतका धेरै ठाउँमा प्रहरीले बल प्रयोग गरेपछि आज पनि आन्दोलन जारी छ । त्यसैले पोखरमा कफ्र्यु आदेश जारी गरिएको छ ।