
पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २३ भदौ/ जेन जी आन्दोलनका क्रममा काठमाडौंमा १४ जनाले ज्यान गुमाएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ ।
प्रदर्शनकारी सहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । जेन जीको आन्दोलनमा पोखरामा पनि एक जना गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले गाडीमा राखेर लागेपनि कुन अस्पताल लगेको हो खुलेको छैन ।





