पाताले छाँगो ठेक्कामा दिने विषयमा स्थानीयको विरोध, खुकुरी प्रहार गर्ने एक पक्राउ

-


     क्लिक गण्डकी     
     भाद्र १९ गते २०८२ मा प्रकाशित


पाताले छाँगो

पाताले छाँगो

पोखरा, १९ भदौ/ पोखरा १७ मा रहेको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णय विरुद्ध स्थान आन्दोलीत भएका छन् । पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो ।

सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ भएको थियो । कार्यक्रममा स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाए ।

विरोधका क्रममा एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ । विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार गरेको आरोपमा पोखरा–९ का बंशसिंह खवासलाई प्रहरीले पक्राउ गरेको छ । पौडेलमाथि खुकुरी प्रहार गरे पछि स्थानीयले खवासलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए ।

पौडेल र खवास दुवै घाइते भएको उनीहरु उपचार भइरहेको बैदाम प्रहरी प्रमुख नवराज भट्टराईले बताए । पोखराको पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई जिम्मा दिइएको छ ।

पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सेती क्यानोनलाई सम्पदा लगानी र सञ्चालनको जिम्मेवारी दिए पछि स्थानीय आक्रोषित छन् ।

पहिलो पटक गरेको प्रयास असफल भएपछि दोस्रो पटक बिहीबार सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा अवरोध हुन सक्ने आकलन गरेरै महानगरले व्यापक मात्रामा प्रहरी खटाएको थियो ।

कार्यक्रमस्थलमा नगर प्रहरी र नेपाल प्रहरीको बलको उपस्थिति बाक्लो देखिन्थ्यो । कार्यक्रममा महानगरका मेयर सहितका जनप्रतिनिधि गएपनि तत्कालै फर्किएका थिए ।



Tags: