महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता न्यौपाने निर्वाचित

-


     क्लिक गण्डकी     
     श्रावण ३० गते २०८२ मा प्रकाशित


महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता न्यौपाने निर्वाचित

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता न्यौपाने निर्वाचित

पोखरा, २९ साउन/ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने चयन भए ।

सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुबेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा पौडेल चयन भए ।

सातौं साधारण सभा तथा चौथो अधिवेशनको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै पर्यटन प्रर्वद्धनमा ओटेफको भूमिका सराहनीय भएको बताए । उनले ओटेफ र टेवानलाई पोखरा पर्यटन परिषदको सदस्यता दिन परिषदलाई सुझाव दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला पर्यटन व्यवसायीले संस्कृति संरक्षण र मौलिकतामा अन्यको तुलनामा बढी गर्ने बताईन् । पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटनको विकास र प्रवद्र्दनमा ओटेफको भूमिका उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ का मूल तयारी समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी वासु त्रिपाठी, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, महासचिव लक्ष्मी लामिछाने लगायतले बोलेका थिए ।

उक्त अवसरमा पत्रकार गोविन्द सुवेदीलाई पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो भने, ओटेफका विभिन्न गतितिविधीमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।